मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटको महम्मदपुरमा मुख्य प्रवेश द्वार निर्माणको शिलान्यास सम्पन्न

शेयर००

रबिन्द्र प्रजापति, माघ २५ गते रौतहट ।
रौतहटको महम्मदपुरमा मुख्य प्रवेश द्वार निर्माणको शिलान्यास गरिएको छ ।
जिल्लाको गरुडा नगरपालिका वडा न।५–महम्मदपुर गाउँमा जाने मुख्यप्रवेश द्वारको लागि शिलान्यास गरिएको हो । नगरपालिकाको कोषबाट निर्माण हुन गइरहेको ८ लाखको लागतमा सो प्रवेश द्वार बन्ने उपभोक्ता समितिको अध्यक्ष रामबालक प्रसाद यादवले जानकारी गराउनुभयो।
सोमबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर ईन्नु राय यादवले गरुडा नगरपालिका वडा न।५–महम्मदपुर स्थित गाउँको मुख्य जाने बाटोको मुल मुख्य प्रवेशद्वार निर्माणको लागि बिधिवत् रूपमा शिलान्यास गर्नु भएको हो । सो शिलान्यास पश्चात् करिब २ महिना भित्र कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । शिलान्यास कार्यक्रममा जसपाका जिल्ला इन्चार्ज एवम् मधेस प्रदेश कमिटी सदस्य बृज किशोर यादव वडा नम्बर ५ का वडाध्यक्ष जयमंगल राय यादव, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादव, लेखा प्रमुख कुमार ठाकुर, प्रशासन प्रमुख धिरेन्द्र यादव लगायतका भद्र भलादमी बुद्धिजीवी नेता तथा कार्यकर्ताहरु, समाजसेवी, युवाहरुको उपस्तितीमा शिलान्यास सम्पन्न भएको गोपाल यादवले जनाएको छ

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।