मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटबाट काठमाडौंमा गएको बसमा भेटियो लागुऔषध, दुई पक्राउ

शेयर००

रौतहटबाट काठमाडौं आएको बसबाट लागुऔषधिसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले आइतबार साँझ पौने ५ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलिले रौतहटबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३१८१ नम्बरको यात्रुवाहक बसमा चेक गरेको थियो।


बसबाट प्रहरीले रौतहट कटहरिया-१ का २२ वर्षीय गोविन्दप्रसाद यादव र भारत विहार मोतीहारीका २३ वर्षीय साहेबलाल यादवलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्तका अनुसार उनीहरू बसेको सिटमुनि लुकाइराखेको तीन वटा झोलामा लागुऔषध बरामद गरेको हो।

उनीहरूबाट प्रहरी १२ सय डाइजेपाम, १२ सय फेनेर्गन र १२ सय नुफिन गरी सम्म ३६ सय एम्पुल बरामद गरेको हो।

उनीहरूमाथि प्रहरीले लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको छ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।