मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा करिव १० लाख जाली नोट सहित ३ जना पक्रउ ।

शेयर००

रौतहटबाट १ हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित तीनजना पक्राउ परेका छन् ।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मा रहेको कालिमन्दिर नजिकै पैदल र सवारी साधानबाट आवतजावत गर्ने मानिसहरुलाई रोकेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई १ हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चमरीयाले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।