मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा कांग्रेसको महिला नेतृ पटेलकी आज १३ औ पुण्य तिथी संम्पन

शेयर००

सागर संगम ठाकुर । रौतहट अषाढ ७ गते ।

202717047_496503001405490_5016971700317840525_n

रौतहटको बिजयपुरमा नेपाली कांग्रेसको महिला नेतृ अनारवा देवी पटेलकी आज १३ औ पुण्य तिथीको अवसरमा श्रदाञाजली कार्यक्रम संम्पन भएको छ ।
नेपाली कांग्रेसका फतुआ बिजयपुर नगरपालिकाका नगर सभापति बाबुराम अधिकारीको अध्यक्षतामा प्रमुख अथिती कांग्रेसका जिल्ला सभापति कृष्णा प्रसाद यादव,रौतहट क्षेत्र नं.३ का पुर्व सांसद सुनिल यादव उर्फ जितेन्द्र, मृतक पटेलको तस्बीरमा फुलमाला अबिर चढाई श्रदाञजली अपर्ण गरेका छन ।
जिल्लाको फतुआ बिजयपुर नगरपालिका वडा नं. ८ बस्ने कांग्रेस माहा समिती सदस्य एमं चर्चित महिला नेतृ अनरवा देवी पटेलको ५० बर्षको उमेरमा गएको जेठ २८ गते राती ९ बजेको समयमा निधन भएको थियो ।
नेपालको राजनितीमा लामो समय देखि कांग्रेसमा आवद्ध भई बिभिन्न काल खण्डमा आफनो अहम भुमिका निर्वाह गरिदै आएकी एकल शाहसी नेतृको रुपमा चर्चित महिला थिए ।उनले पार्टीमा गरेको योगदान र त्यागलाई कहिले पनि नर्बिसिने पार्टीका नेताहरुले बताउनु भयो ।
कांग्रेसले गरेको बिभिन्न आन्दोलनमा पटेल आफनो सहभागिता जनाउदै अहम भुमिका खेलिदै आएका थिए । नेपालको राजनितीकमा लामो समय देखि कांग्रेसमा आवद्ध भई समाज सेवाका काम गरिदै आएका एक महिला थिए ।


204085672_238387214429072_3157500041945032281_n

सो श्रद्धाञजली कार्यक्रममा कांग्रेसका फतुआ बिजयपुर नगरपालकाका नगर प्रमुख गोपाल राय यादव, कांग्रेसका जिल्ला सचिव हृदयनरायण यादव, बिधायक प्रत्यासी रामनरायण यादव, जिल्ला संमन्वय समितीका सभापति राम एकवाल राय यादव, जिल्ला सदस्य बालमिकी यादव,
कटहरिया नगरपालकाका नगर सभापति एवं वडा नं. ५ का अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, कटहरिय नपा वार्ड न ६ का अध्यक्ष शम्भुकान्त यादब , वाडानं.३ का अध्यक्ष उमेश यादब ,
राम भरोष राय यादव, सेराजुल देवान, नेका का यूवा नेता कमलकिशोर मिश्र, रंजित साह,नेपाल शिक्षक संघका रौतहटका अध्यक्ष रामकृपाल यादव, गुजराका नगर सभापति कुमार चौलागाई ,
युवा नेता ज्ञानेन्द्र यादव,नगर सचिव पप्पु यादव, मनोज साह, कटहरियाका मेयर प्रत्यासी अजय प्रकाश साह, भैरोलाल साह , राजाबाबु साह ,
दिपलाल राय यादब , हरिन्द्र राय याबद ,लगायत कार्यक्रर्ताहरुकोे उपस्थित रहेको सचिवालय सचिब गनिलाल राय यादब ले जानकारि दिनुभयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।