मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा चोरीको घटनामा वृद्धि , सुरुङ खनेर ३ घरमा चोरी

शेयर००

रबिन्द्र प्रजापति, असार ११ गते रौतहट । रौतहटमा चोरीको घटनामा वृद्धि भएको छ । गए राति अर्थात शुक्रवार राति जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नं. ६ पेटभर्वामा ३ वटा घरमा चोरी भएको छ । गए राति करिब १ बजेको समयमा सुरुङ खनेर लाखौंको चोरी गरेर लगेको स्थानियहरुले जनाएको छ । बिलट रजक, होरिल रजक, बिरेन्द्र यादवको घरमा सुरुङ खनेर घरमा रहेको लाताकापडा मोबाईल गर गहना गरि लाखौंको चोरी भएको छ । घरहरुमा सुरुङ खनेर चोरी गरे पछि चोरका समुहहरु सरमन रजकको मोटरसाईकल चोरेर लगिरहेको समयमा थाह भए पछि होहला गरे पछि चोरहरु भागेको स्थानियले बताउनु भयो । घटनाको बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।