मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

शेयर००

कार्तिक १६ गते रौतहट । रौतहटमा पश्चिम उत्तरी भेग फतुवा-विजयपुरमा जंगली हात्तीको आक्रमणमा महिलाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट घरभित्र सुतिरहेकी महिलाको मृत्यु भएको छ भने मृतकको श्रीमान भागेर ज्यान बचाउन सफल भएका छन् । फतुवा बिजयपुर-११  बुट्वा राङि गाउँमा शुक्रबार बिहान आफनै घरमा सुतिरहेको अवस्थामा हात्तिले आक्रमण गर्द्दा ७० बर्षिया पातली तामाङको मृत्यु भएको मेयर प्रत्याशी अजय तिमल्सिनाले बताएका छन् ।
हात्तीले मृतकको घर पूर्ण रुपमा क्षति पुर्याएको छ । घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन् । जंगली हात्तीले एक्कासी घर माथि आक्रमण गर्दा मृतकको श्रीमान भागेर ज्यान बचाएका थिए । 
हाल नेपाल प्रहरी, डिभिजन बन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प बिजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।