रबिन्द्र प्रजापति, फागुन ०६ गते रौतहट ।
रौतहटमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।
जिल्लाको दुर्गा भगवती गाँउपालिका वडा नं. २ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको अहिले सनाखत हुन सकेको छैन् ।
पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो । दुर्घटना पश्चात ट्रयाक्टर चालक भने फरार भएका छन् । फारार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जनाएको छ
रौतहटमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।