मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा दुई बालकको मृत्यु भएको विषयमा दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन

शेयर००

बैद्धिमाई न्यूज डेस्क, कार्तिक २९ गते रौतहट ।

रौतहटमा दुई बालकको मृत्यु भएको विषयमा दोषीलाई कारबाहीको माग गर्दै शवसहित प्रदर्शन भएको छ ।
मुसा मार्ने औषधी खाएर देवाही गोनाही नगरपालिका–५ स्थित टिकुलियाका संजय मुखियाका ५ बर्षिय छोरा आकाश मुखिया र ३ वर्षीय छोरा विकास मुखिया मृत्यु भएको थियो ।


स्थानीयले घटना संकास्पद भएको भन्दै सोमबार शव बोकेर दोषीलाई कार्वाहीको मागसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि प्रहरी र प्रदर्शनकारीबीच ईलाका प्रहरी कार्यालय गरुडामा भएको छलफलमा घटनाको गहनरुपमा अनुसन्धान गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउने सहमति भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताए ।
वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका संजय मुखियाको दुवै छोराले शनिवार बिहान ८ बजेको समयमा बान्ता गर्न लागेपछि गाउँमै उपचार भएको थियो ।


तर त्यहाँ अवस्था उस्तै रहेपछि शिवनगर स्थित संजीवनी अस्पतालमा भर्ना गरिएको थियो ।
केहि समयपछि त्यहाँबाट पनि गरुडास्थित अनामिका अस्पतालमा रिफर गरियो भने अनामिकामा झन्डै ८ घण्टाको उपचार पछि थप उपचारको लागि विरगंज स्थित तराई अस्पताल रेफर गरिएको थियो ।


तराई अस्पतालमा शनिबार राती कान्छो र आइतबार बिहान जेठाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको शव नारायणी अस्पताल विरगंजमा पोष्टमार्टम भएको प्रहरीले जनाएको छ ।
डिएसपी भण्डारीले बालकलाई मुसा मार्ने औषधी कसले खुवायो वा आफै खाए भने सन्दर्भमा प्रहरीले गहन रुपमा अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।