मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, मंसिर १૪ गते । रौतहट ।
रौतहटमा शुक्रवार नुहाउने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गरुडा वडा नं. २ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका २ जना युवकको डुबेर मृत्यु भएको छ ।​

गरुडा नपा–२  गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल ११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँलाई जानकारी दिए ।

आज दिउँसो नुहाउन गएका दुई युवा बेपत्ता भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको थियो ।

डुबेका दुवै जना व्यक्तिलाई अचेत अवस्थामा खोलाबाट उद्धार गरी एम्बुलेन्समा बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडामा उपचारको लागि पठाइएको भए पनि  दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी उपरीक्षक हुमागाईँलाई जानकारी दिए । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।