मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा बर्दीमै नाचेर भाइरल बनेको नेपाल प्रहरीका सई धनुषा गणमा तानिए

शेयर००

बौधिमाई
भदौ ५ गते रौतहट ।
नेपाल प्रहरीको बर्दीमा रौतहटमा अर्केष्ट्रामा नाच्ने प्रहरी नायव निरीक्षक ९सई० धनुषा गणमा तानिएका हुन् ।
पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया सुरु भएको हो ।
सई राजकिशोर साहको बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि अनुसन्धान गर्न धरमपुर चौकीको प्रमुखको जिम्मेवारी खोसेर धनुषा गणमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।
रौतहटको गढीमाई नगरपालिकाको ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक राजकिशोर साह भोजपुरी गीतमा नाचेका थिए ।
अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो । सभार टुडेपाटी

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।