मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा बोलबम बोकेको बोलेरो गाडी दुर्घाटनामा बेपत्ता भएकी महिलाको शव फेला

शेयर००

रौतहटमा गएको सोमबारका दिन बोलबम बोकेको बोलेरो गाडी नुनथर स्थित नहरमा खस्दा एकजना बेपत्ता भएकी महिलाको शव बुधबार दिउसो फेला परेको छ ।
बारा जिल्ला बाट गत सोमबारको दिन रौतहटको नुनथरमा जल लिन गएको बेला सो बोलबम चढेको गाडी जिल्लाको चन्द्रपुर नगरपालिका वडानं १ स्थित बागमती सिंचाईको नहरमा दुर्घाटना भएको थियो । ना ५ च ३१६६ नम्बरको बलेरो गाडी आज बिहान ४ बजे नहरमा खसेको थियो ।
बलोरो नहरमा खस्दा बेपत्ता भएकी बारा जिल्लाको कोल्बी नगरपालिकी ६५ बर्षकी सोनरी देवी मुखिया बेपत्ता भएकी थिइन् ।
उनको शव बुधबार दिउसो चन्द्रनिगाहपुर बागमती सडक खण्डको लच्का नजिकै फेला परेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनु भयो ।
दुई दिन सम्म नहरको पानी सुकाएर शवको खोजतलास भएको थियो । सो दुर्घटनामा सोही नगरपालिका बस्ने ४५ बर्षकी मिना देबी कोईरीको घटना स्थालमै ज्यान गएको थियो । नहरमा खसेको बलेरो क्रेनको सहायताले निकालिएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।