रबिन्द्र प्रजापति, असार २८ गते रौतहट । रौतहटमा मंगलवार आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर करिब ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । मंगलवार बिहान ८ बजेको समयमा आगलागी भएको हो । प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।
रौतहटमा मंगलवार आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट

प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।