मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, माघ १३ गते रौतहट ।
रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ
जिल्लाको गरुडा नगरपालिका वडा नं. ४ मा गएराती मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गढीमाई नगरपालिका वडा नं. ८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको प्रहरीले जनाएको छ
गएराती सवा ११ बजेको समयमा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।