मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, माघ २७ गते रौतहट ।
रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु भएको छ । बिहिबार विहान करिब साढे ४ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोक नजिकै पहिचान नखुलेको सवारी साधनले ठक्कर​ दिएको थियो । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा नाम थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए ।
घाइते पुरुषको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी श्रीराम भण्डारी जानकारी दिएका छन् । मृतकलाई पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाईएको डीएसपी भण्डारीले बताए छन । ठक्कर दिएर भागेको सवारी साधनको खोजतलास भइरहेको छ भने मृतकको पहिचान गर्नको लागि प्रहरीले स्थानीयसँग सहयोगको अपिल समेत गरेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।