मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

रौतहटमा सुमो दुर्घाटना,एक घरमा क्षति चालक प्रहरीको नियन्त्रणमा

शेयर००

रबिन्द्र प्रजापति रौतहट पौष २० गते
रौतहटमा टाटा सुमो गाडी दुर्घाटना हुँदा एक घरमा क्षति भएको छ ।
जिल्लाको चन्द्रनिगाहपुरबाट कटहरिया तर्फ आउदै गरेको सुमो गाडी चन्द्रपुर नगरपालिकाको वडा नं.८ सन्तपुरमा आफैँ अनियन्त्रीत भई घरमा ठोकिएको प्रहरीले जनाएको छ ।


शनिबार बेलुकीको समयमा ना १ ज २०८२ नम्बरको टाटासुमो रोडको पश्चिम तर्फ रहेको दिनेश सापकोटाको घरमा ठोकिदाँ घरको वाल भत्किएर ब्यपाक क्षति पुर्याएका छन ।


प्रहरीका अनुसार चालकले रक्सी खाएर बढी स्पीडमा सवारी चलाउदाँ गाडी दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
दुर्घटनामा परेका गाडी सहित चालक कटहरिया नगरपालिका वडा नं.५ कटहरिया गाउँकै स्थानिय सुरेश साह कानुलाई प्रहरीले नियन्त्रमा लिएर घटनाबोर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजन कुमार राईले जानकारी दिनु भयो ।

cx

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।