मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहटमा ३० लाख भन्दा बढी रुपैया सहित २ जना भारत नगरिक पक्राउ

शेयर००

सागर संगम ठाकुर । जेठ २६ गते ।

रौतहटमा भारत रुपैया सहित दुई जना पक्राउ परेका छन । भारत बाट लुकाई छिपाई ल्याउंदै गरेको ३० लाख भन्दा बढी रुपैया सहित २ जना भारतिय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान ७ः३० बजेको समयमा जिल्लाको परोहा नगरपालिका वडा नं.९ रामपुरखाप स्थित नेपाल भारत सिमाबाट प्रहरीले भारत बाट आउदैगरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएको छ । भारतबाट बिआर ०५ आर ४५२१ नंम्बरको मोटर साईकलमा आउदै गरेका मोटर साईकल.चालक भारत मोतिहारी घोडासहन बस्ने अंदाजी वर्ष २२ को बन्टि कुमार कलवार र गाडीको पछाडि स्वारसोही ठाउँका वर्ष २० का सुरज कलवारलाई रोकी चेकजाँच गर्दा नाईलुनको झोलामा श्रोत नखुलेको ३० लाख ७६ हजार नेपाली नगद रुपैया बरामद भएको एसपी सिद्वी बिक्रम शाहले बताउनु भयो । रकम सहित पक्राउ परेका ब्यक्ती र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकोे एसपी शाहले जानकारी दिनु भयो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।