मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

रौतहट प्रहरी प्रमुख सम्हाल्दै एसपि विनोद घिमिरे

शेयर००

रौतहट २८ भदौ । जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपि विनोद घिमिरे आउनु हुने भएको छ । रौतहटका एसपि सिद्धिविक्रम शाहलाई अनुसन्धानका लागी प्रहरी प्रधान कार्यालय काठमाडौ तानिएपछि  रौतहटका एसपी परिवर्तन गरिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार एसपी विनोद घिमिरेलाई रौतहटमा काज सरुवा गर्ने निर्णय गरेका जानकारी दिनु भयो । घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर कार्यरत थिए । रौतहटमा सादा पोषाकमा खटिने प्रहरी घुमुवाले लागु औषध राखेर पत्रकारलाई फसाएको घटना छानबिनका लागी काठमाडौँ बोलाइएका शाहलाई जुनियर प्रहरी अधिकृत शिक्षालयमा सरुवा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता नारायण प्रसाद चिमोरियाले बताउनु भयो । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।