मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

लागुऔषध गाजा र पेस्तोल सहित महोत्तरीबाट एक जना प्रहरीको फन्दामा

शेयर००

रबिन्द्र प्रजापति, पुस १९ गते रौतहट ।

सशस्त्र प्रहरीले महोत्तरीबाट पेस्तोल र लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
महोत्तरीको लोहरापट्टी नगपालिका बस्ने २४ वर्षीय मोहम्मद राजा कवारीलाई पक्राउ गरेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाले जानकारी दिए ।
उनको साथबाट मेड इन युएस लेखेको ९ एमएमको पेस्तोल एकथान, प्रतिबन्धित लागूऔषध नाइट्रोभ्याट टेबलेट १० पिस बराम गरेको उनले बताए ।
गोप्य सूचनाको आधारमा लोहारपट्टी ९ स्थित खुट्टा पीपरारी सशस्त्र प्रहरी बलबाट खटेको टोलिले उनलाई आइतबार साँझ ५ बजे पक्राउ गरेको हो ।
उनलाई कारबाही र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउन लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।