मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

लागूऔषधसहित महोत्तरीबाट दुई युवक पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, फागुन १३ गते रौतहट ।
महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका ८ बस्ने २० वर्षीय विवेक कार्की र वडा नं. ९ बस्ने २३ वर्षीय राकेश साह पक्राउ परेको प्रहरीले जनाएको छ कार्कीको ज्याकेटको गोजीबाट लुकाई छिपाई राखेको प्रतिवन्धित नाईट्राभेट ट्याब्लेट १४ पिस, स्पास्मो प्रो।ट्याब्लेट ८ पिस र साहको गोजीमा रहेको नाईट्रोभेट ट्याब्लेट खुल्ला २ पिस र स्पास्मो प्रो.ट्याब्लेट ३ पिस बरामद भएको प्रहरीले जनाएको छ ।
बुधबारको साँझ साढे ७ बजेको समयमा औरही नगरपालिका वडा नं .४ स्थित अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटेको प्रहरी टोलीले शंकाको आधामा चेकजाँच गर्दा पैदल यात्री दुबैजना लागूऔषधसहित पक्राउ परेका हुन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।