मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

लागूऔषधसहित सर्लाहीबाट एक जना पक्राउ

शेयर००

असोज १२ गते सर्लाही ।
सर्लाहीबाट गए राती लागूऔषधसहित एक जना पक्राउ परेका छन, पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ का बिमल थिङ रहेको जिलला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मंगलवार राति सवा ९ बजेतिर लालबन्दी १ अन्तर्गत पर्ने भित्री बाटोबाट पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्था थिङलाई गस्तिमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
ना ४३ प ५७५१ नम्बरको मोटरसाईकलमा सवार थिङको साथबाट प्रहरीले सय एमएलको ओनेरेक्स, २८ बोतल, सय एमएलको कोडीवेल १४९ बोतल र सय एमएलको विनसाईरेक्स ११३ बोतल गरि जम्मा २९० बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।
२५ बर्षका थिङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।