मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

लामो समयदेखि फरार रहेका ४६५ जना प्रतिवादी रौतहट प्रहरीद्धारा पक्राउ

शेयर००

बौधिमाई सम्वाददाता
माघ २७ गते । रौतहट ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियानअन्तर्गत दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्यान्वयनको लागी जिल्लामा सञ्चालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत उक्त प्रतिवादीहरू लाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो।

जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती मुद्दामा ५ रुपैयाँ जरिबाना तोकिएका विभिन्न मुद्दामा सजाय तोकिएका ११ जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका सबै जना लाई फैसला कार्यान्वयन लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् ।
यस अघि एसपी दिलीप घिमिरेको विशेष सक्रियतामा सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका निकायबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३७८ जना प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ ।

त्यसैगरी जिल्ला अदालत रौतहट लगायत निकायमा चालु मुद्दाको फरार ८७ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।