मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

लुम्बिनी प्रदेशमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

शेयर००

शंकर पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।

प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले भन्नुभयो, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । बहुमतीय सरकार एक/दुई दिनभित्र बन्नेछ ।’

प्रदेश सचिवालयमा दर्ता भएको आफूविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आह्वान भएको विशेष अधिवेशन सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो । विधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री बन्नु भएका पोखरेलले धारा १६८ को १ बमोजिम सरकार बनाउनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताइएको छ । 

मुख्यमन्त्री पोखरेलले दिनुभएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गर्दै मौजुदा सरकारलाई अर्को सरकार नबन्दासम्मको लागि काम गर्न जिम्मेवारी दिनुभएको छ ।   ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका २ जना र जनता समाजवादी पार्टीका ४ जना सांसद पदमुक्त भएपछि ८१ सदस्यीय बनेको छ । प्रदेश सभाको अङ्क गणितमा एमाले एक्लैसँग बहुमत रहेको छ ।

कर्णाली प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि पार्टीभित्रको असन्तुष्ट माधव नेपाल समूहका सदस्यले फ्लोर क्रस गर्न सक्ने सम्भावना देखिएकाले पोखरेलले राजीनामा दिनुभएको हो 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।