मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

विभिन्न मुद्दामा फरार रहेका ૪० जना रौतहट प्रहरीको नियन्त्रणमा

शेयर००

रबिन्द्र प्रजापति, माघ ०२ गते । रौतहट ।
रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ૪० जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी टोलीले ૪० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिेको छ ।

अदालतको फैसला कार्यनवयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका फरार ૪० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी उमा शंकर प्रसादले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेश विज्ञप्तीका अनुसार कर्तव्य ज्यान, डाँका चोरी, कुटपिट, गालिु बेईजती, गाली गलौज, किर्ते जालसाजी, बिगो, नकबजनी चोरी, अपराधीक उपद्रयको आरोपमा फरार रहेका ૪० जना प्रतिवादीलाई पक्राउ गरिएको छ ।

पक्राउ परेको ૪० जनालाई आवश्यक कारवाहीको लागी जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।