मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

विवाहपञ्चमी मेला हेरेर घर फर्किरहेका तीर्थालुमाथि महोत्तरीमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते

शेयर००

रबिन्द्र प्रजापति, मंसिर २४ गते रौतहट ।

महोत्तरीमा छुरा प्रहारबाट एकजना तीर्थालु गम्भीर घाइते भएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी ३० वर्षिय बलराम रायमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।

जनकपुरमा आयोजित सीताराम विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा बुधवार राति रायमाथि लोहारपटटी नगरपालिका २ मध्यपुरा स्थित विग्ही पुलमा अज्ञात ब्यक्तिले छुरा प्रहार गरेका थिए । अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा रायको पेट चिरिएको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते यादवको उपचारको लागि तत्कालै जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएको थियो ।

यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित टिचिंग अस्पताल काठमाडौं लगिएको छ ।

हाल उनको अवस्था गम्भीर रहेको महोत्तरीका प्रहरी उपरीक्षक ९एसपी० दिनेश आचार्यले बताए ।

रायमाथि छुरा कसले किन प्रहार गरेको भन्ने खुलेको छैन । घटना विषयमा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।