मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

विश्वकपको एसियन महिला टी(२० क्वालिफायर मलेसियामा

शेयर००

 सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट मलेसियामा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अनुसार २०२१ को सेप्टेम्बर २० देखि २६ सम्म हुने छनोट प्रतियोगितामा नेपाल र आयोजक मलेसियासहित भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

छनोटको विजेता टिम ग्लोबल क्वालिफायरमा छनोट हुनेछ, जहाँ एसियासहित पाँच क्षेत्रका विजेताहरु पनि छनोट हुनेछन् ।

आईसीसीका अनुसार महिला टी-२० विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म दक्षिण अफ्रिकामा हुनेछ । विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्, जसमा आयोजकको हैसियतले दक्षिण अफ्रिका सिधै छनोट भइसकेको छ भने २०२१ नोभेम्बर ३० को वरीयता अनुसार शीर्ष ७ स्थानमा रहने टिमहरु सिधै छनोट हुनेछन् ।

बाँकी दुई स्थानको लागि पाँच क्षेत्रको विजेता, २०२१ को नोभेम्बर ३० मा वरीयताक्रममा ८ र नवौं स्थानमा रहेका दुई टिम र क्षेत्रिय छनोटमा विजेता नभएकामध्ये उत्कृष्ट एक टिमले ले प्रतिस्पर्धा गर्नेछन्

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।