मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

वीरगञ्जमा रोकिराखेको स्कुल बसमा अचानक आगलागी, बस जलेर पूर्ण रुपमा क्षतिग्रसत

शेयर००

रबिन्द्र प्रजापति, पुस ०२ गते रौतहट ।

वीरगञ्जमा रोकिराखेको स्कुल बसमा अचानक आगलागी हुँदा बस जलेर पूर्ण रुपमा क्षतिग्रसत भएको छ।
बिहीबार दिउँसो चार बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको गोल्डेन गेट एकेडमीको स्कुल बसमा आगलागी भएको थियो। बिग्रेर नेपाल आयल निगमको कार्यालय अगाडि रोकि राखिएको ना २ क ३७५ नम्बरको बसमा बसको तार सर्ट भएर आगलागी भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
आगलागीबाट बस पूर्ण रुपले जलेर नष्ट भएको उनले बताए। आगलागीलाई वीरगञ्ज महानगरपालिकाको बारुण यन्त्र,प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको तथा मानवीय क्षति नभएको खनालले बताए।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।