मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

श्रोत नखुलेको रकमसहित रौतहटबाट एक जना पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, भदौ २४ गते रौतहट ।
रौतहटबाट श्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ वडा नं. १ पटेल टोला बस्ने अं. बर्ष ४५ को लक्ष्मि कुमार साहरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विहीबार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको गौर नगरपालिका वडा नं.१ स्थित गौर भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा भारतको बैरगिनियाबाट गौर तर्फ पैदल आउँदै गरेको साहको साथबाट श्रोत नखुलेको ४,९५,००० चार लाख पन्चानव्वे हजार नेपाली रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
फेला परेको रकमसहित साहलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।