मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सडक बत्तीको महसुल तिर्न आलटाल गर्दै रौतहटका अधिकांश पालिका, पाँच करोड नाघ्यो बक्यौता रकम

शेयर००

बौधिमाई
रौतहट, भदौ १३ गते ।
रौतहटका अधिकांश पालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्न आलटाल गर्दै आएका छन् । विद्युत् प्राधिकरणले ५ वर्षदेखि बक्यौता तिर्न लिखित र मौखिक ताकेता गर्दै आए पनि पालिकाहरूले अटेर गरेका हुन् ।
जिल्लाका चन्द्रपुर, गरुडा, गुजरा र वृन्दावन नगरपालिकाले पोल बत्तीको ५ करोड २६ लाख रकम तिर्न बाँकी रहेकोे विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले बक्यौता रकम तिर्न पालिकालाई पटकपटक ताकेता गर्दै आएको छ । सडक बत्ती प्रयोग गरेबापत सबैभन्दा बढी चन्द्रपुरले प्राधिकरणलाई १ करोड ७० लाख रुपैयाँ तिर्न बाँकी छ ।
त्यस्तै, गुजराले १ करोड ६५ लाख ९१ हजार रुपैयाँ तिरेको छैन । वृन्दावन नगरपालिकाले १ करोड २२ लाख ३० हजार र गरुडा नगरपालिकाले ६७ लाख ३७ हजार रुपैयाँ बक्यौता केन्द्रलाई तिर्नुपर्नेछ । सडक बत्ती जडान गरेदेखि महसुल नबुझाउँदा बक्यौता रकम धेरै भएको हो । सभार टुडे पाटी

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।