मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सपथ ग्रहनका पहिला निर्णय मेयर जयसवाल द्धारा कार्यान्वयन हुँदै

शेयर००

रौतहटको कटहरियाका मेयर अजय प्रकाश जयसवालले शपथग्रहण पछि गरेको पहिलो निर्णय श्री जनता मावि कटहरियामा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने वाचा विस्तारै पूरा हुँदै गएको छ ।

अहिले कक्षा ८ देखि १० दस सम्म पूर्णरूपमा व्यवस्थित तरिकाले पढाइ भईरहेको प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनु भयो । बाँकी रहेका कक्षाहरू क्रमशः जनशक्ति तयार पार्दै सञ्चालन हुँदै जाने उनको भनाइ छ ।
अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्न शिक्षक व्यवस्था, भवन, फर्निचर व्यवस्थापन लगायतका आवश्यकता पूरा गर्नु पर्छ । यो सबै कुरा विस्तारै हुँदै जाने हो ।

एकैचोटी व्यवस्थापन गर्न सकिदैन । प्रअ यादवले भने अंग्रेजी माध्यमको बारेमा जुन कुरा बिभिन्न मेडिया बाट बाहिर आएको छ । त्यो गलत हो । व्यवस्थित तरिकाले पढाइ अंग्रेजी माध्यमबाट पढाइ भईरहेको प्रधानाध्यापक यादवले जानकारी दिनु भयो ।
यस वर्ष मात्रै श्री जनता माध्यमिक बिधालय कटहरिया बाट एसईई परिक्षामा आंग्रेजी माध्यमबाट ४० जना सहभागी भई जाँच दिएको प्रधानाध्यापक यादवले जानकारी गराउनु भयो । उनले आशा छ नतिजा राम्रै आउने छ । मेयर जयसवाले कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन गराउने निर्णय गरेका थिए । सोही बमोजिम नै अहिले कार्यान्वयन हुँदै गएको छ ।
मेयर जयसवालले कटहरिया नगरपालिकामा शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै गईरहेका छन् । फलस्वरूप सोमबार प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा जनस्वास्थ्य प्रयोगशाला र सर्प दंश उपचार केन्द्रको सुभारम्भ पनि गराएका छन् ।

नगरको केही बिधालयहरूमा धमाधम भौतिक संरचनाहरू पनि निर्माण भईरहेका छन् । साथै कटहरिया नपाको सबै वडाका गल्ली गल्लीका सडक ढलान भईरहेका छन् ।
मेयर जयसवालको कार्यकाल एक वर्ष नपुग्दै कामहरू धमाधम भइरहेका छन् । यति हुँदाहुँदै मेयर जयसवालले कामहरू अगाडि बढाएन्न भने हल्लाहरू चलेका छन् ।

त्यस्ता हल्लाको पछाडि नलाग्न उनले आग्रह गरेका छन् । उनले अंग्रेजी माध्यममा निःशुल्क शिक्षा सञ्चालनमा नै रहेको छ । मेयर जयसवालले निःशुल्क रूपमा नगरपालिका बाट पाठ्यपुस्तक पनि उपलब्ध गराएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।