मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सप्तरीमस आगलागीबाट तीन घर जलेर नष्ट, १५ लाख बढिको क्षति

शेयर००

चैत १૪ गते । रौतहट । सप्तरीको सप्तकोशी नगरपालिका ५ मा बुधवार राति आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ ।

स्थानीय सोम प्रसाद आचार्यले गाई गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गाई गोठ र सुत्ने दुई कोठा जलेपछि १५ लाखको क्षति भएको उनले बताए ।

आगो निभाउने क्रममा सोमप्रसाद घाइते भएका छन् । उनको हात, खुट्टा र शरीरको केही भाग जलेपछि घाइते भएको प्रहरी प्रवक्ता बस्नेतले बताए । उनका अनुसार आगलागीबाट भैँसीको पाडा १ वटा र बाख्रा २ वटा समेत जलेको छ । इलाका प्रहरी कार्यालयको टोली, स्थानीयवासी र सशस्त्र प्रहरीको सहयोगमा आगलागी करिब १२ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।