रबिन्द्र प्रजापति, बैशाख १० गते रौतहट ।
हुलाकी सडक खण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिवार दुई वटा मोटरसाइकल ठाेक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश-१ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ठोक्किएका थिए ।
दुर्घटनामा हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, त्यही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जित यादवको ज्यान गएकाे प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।