मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सरस्वती पूजाका लागि रौतहट लगाएत आसपासका जिल्लामा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त

शेयर००

rabindra

रबिन्द्र प्रजापति, माघ १९ गते रौतहट ।
सरस्वती पूजाका लागि रौतहट लगाएत आसपासका जिल्लामा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त भएका छन् ।
यस वर्ष माघ २३ गते आईतबार सरस्वती पूजाको तिथि छ । ग्राहकको अर्डरअनुसार पाँच हजारदेखि ५० हजारसम्मको मूर्ति बनाउन व्यस्त रहेका कुम्हाल कलाकारहरुले बताएका छन । सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्न भ्याइनभ्याई छ
वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने परम्परा रहेको छ । माटो र परालबाट बनाइएको सरस्वती मूर्ति विद्यार्थीहरुले विद्यालयलमा राखी सरस्वती पूजा पञ्चमीका दिन मनाइने परम्परा रहेको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।