मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

सर्लाहीको माछापोखरीमा एक महिलाले छोरीसहित हाम फालेर गरिन आत्महत्या

शेयर००

बौधिमाई
सर्लाही, २५ गते बैशाख ।
सर्लाहीको वाग्मती गाउँपालिकास्थित माछापोखरीमा एक महिलाले छोरीसहित हाम फालेर आत्महत्या गरेकी छिन । रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी भोला साहकी श्रीमती बर्ष २६ कि रेखा साहले आफ्नी छोरी ३ वर्षीया आराध्य साहसहित माछापोखरीमा हामफालेर आत्महत्या गरेकी हुन ।
आईतबार बिहान साँढे ९ बजे हामफालेकी रेखा तथा उनकी छोरी आराध्याको शव पौने ११ बजे निकालिएको थियो । उक्त पोखरीमै मोटरबोट चलाउने चालकहरुको सहयोगमा आमाछोरीको शव निकालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पोखरीको डिलबाट मृतक महिलाको मोबाईल सेट र सल समेत फेला पारेको छ । पारिवारिक झैझगडा पश्चात उनी घरबाट निस्केको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
भरत तालबाट परिचित उक्त तालमा यसअघि पनि एक युवकको डुबेर मृत्यु भएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।