मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीबाट एक महिला लागुऔषध गाँजा सहित पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, माघ १७ गते रौतहट ।
सर्लाहीबाट एक महिला लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले मलंगवा नगरपालिका–७ गणेशिया टोलस्थित सडक खण्डमा प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पुलाई शंका लागि चेकजाँच गर्दा २० किलो ९०० ग्राम लागूऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जनाएको छ पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर–५ की ३० वर्षीया करिश्मा मोक्तान रहेको सर्लाहीका प्रहरी प्रवक्ता बुढाथोकीले जनाएको छ पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।