मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीबाट लागुऔषध सहित एक जना भारतीय नागरिक पक्राउ

शेयर००

चैत १० गते रौतहट ।
सर्लाहीमा लागुऔषध सहित एकजना भारतीय नागरीक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं १३ का २४ वर्षीय उमेश कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुधवार राति करिब ८ बजे जिल्लाको पर्सा गाउँपालिका–६ स्थित प्रहरी चौकी पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश ३–०२–०११ प ७०३२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा सिंहलाई पक्राउ गरिएको प्रवक्ता माधव प्रसाद बुढाथोकीले बताए ।
सिंहको साथबाट लागुऔषध कोडिवेल सय एमएलको १ सय बोतल र डाइलेक्स डिसी ५० बोतल बरामद गरिएको प्रवक्ता बुढाथोकीले बताए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।