मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

सर्लाहीमा गोली लागेका सशस्त्र प्रहरीका जवान काठमाडौँ रिफर

शेयर००

पुष ०२ गते रौतहट । सर्लाहीमा गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवानलाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ ।
शुक्रबार साँझ सर्लाहीको रामनगर गाउँपालिका–७, मा गोली लागेर घाइते भएका सशस्त्र प्रहरी जवान ३२ वर्षीय सुरेश साहलाई थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाडौँ पुर्याइएको छ ।
प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात शनिबार बिहान उनलाई काठमाण्डौं पुर्याइएको हो । काभ्रेमा कार्यरत साह बिदामा घर आएका थिए । शुक्रबार साँझ अरु ३ जना साथीसँगै बसेर खाजा खाएपछि बाहिर निस्कने क्रममा साहमाथि गोली प्रहार भएको थियो ।
सो घटनामा संलग्न सुरेशकै मामाका छोरा धनकौल गाउँपालिकाको धोबिनियाँ टोलका रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो भने दुईजना फरार भएका छन् ।
सर्लाहीका एसपी प्रवीण पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादमा गोली चलेको बुझिए पनि थप अनुसन्धान जारी रहेको बताए । सभार टुडेपाटी

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।