मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीमा पोल गाडने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

शेयर००

रबिन्द्र प्रजापति, चैत ११ गते रौतहट ।
सर्लाहीमा पोल गाडने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
शुक्रवार विहान करिब १० बजे सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ४ रिङ रोड स्थितमा बिधुतको पोल गाडने क्रममा ११ हजार भोल्टको तारमा उक्त पोल टाँसेपछि करेन्ट लागेर उनको मृत्यु भएको े जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
बाराको फेटा गाउँपालिका वडा नं. १ त्रिबेणीका २५ वर्षीय शिव कुमार बछारको करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बुढाथोकीले जनाएको छ ।
करेन्ट लागेर घाईते भएका बछारलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवामा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको बुढाथोकीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।