मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीमा यात्रुबाहक बस पल्टिँदा १७ जना घाइते

शेयर००

रबिन्द्र प्रजापति, माघ ०४ गते रौतहट ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मंलबार दिउँसो यात्रुबस पल्टिँदा १७ जना यात्रु घाईते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ आईरहेको ना। ५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक बस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बस राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ ।
बसमा घाइते भएका १७ जनामध्ये एकजना गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाईतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाईतेहरुको संख्या था अवस्थाबारे एकिन विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।