मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीमा शंकास्पद झोला फेला, सेनाको टोली बोलाईँदै

शेयर००

सर्लाही, पुस २१ गते ।

सर्लाहीमा शंकास्पद वस्तु फेला परेको छ । सर्लाहीको लालबन्दी–३ जब्दी स्थित नहरमा पेस्तोल सहितको झोला फेला परेको छ ।

बागमती सिंचाई आयोजनाको नहर स्थित काँसघारीमा रहेको झोलाको चेन खुलै रहेकाले झोलाको माथि नै नलकटुवा पेस्तोल देखिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले झोला भित्र विद्युतीय तार तथा अन्य पोकापोकी जस्तो देखिने सामान समेत रहेकाले घटनास्थललाई नियन्त्रणमा लिएर छेउछाउ कसैलाई जान नदिईएको जानकारी दिए ।

झोला शंकाष्पद् देखिएकाले एकिन गर्नका लागि नेपाली सेनाको वम डिष्पोजल टोली बोलाईएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।