मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीमा १० किलो गाँजासहित श्रीमान श्रीमती पक्राउ

शेयर००

प्रहरीले सर्लाहीको गौरीशंकरबाट मंगलवार साँझ लागुऔषध गाँजासहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी श्रीमती ४० वर्षीया उर्मिला देवी साह छन् ।

ज ११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका १३ गौरीशंकरस्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको हो ।

मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले बताएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।