मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सर्लाहीमा १२ हजार पिस नाईट्राभेट ट्याब्लेट बरामद

शेयर००

रबिन्द्र प्रजापति, माघ २८ गते रौतहट ।
सर्लाहीमा ठुलो मात्रामा लागुऔषध नाईट्राभेट ट्याब्लेट सशस्त्र प्रहरी बलको गस्ती टोलीले बरामद भएको छ ।
शुक्रवार मध्यान्ह सशस्त्र प्रहरी बल सुन्दरपुर चोहर्बा बेस क्याम्पको गस्ती टोलीले १२ हजार ट्याब्लेट नाईट्राभेट बरामद गरेको सशस्त्र प्रहरी बल १० नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जनाएको छ ।
सशस्त्र प्रहरीले बरहथबा नगरपालिका–१७ श्रीपुर कटानीमा ना ५५ प ९२८ नम्बरको मोटरसाईकलमा बोरा भित्र पोका पारेको अवस्थामा ४० वटा प्याकेटमा १२ हजार ट्याब्लेट नाईट्राभेट फेला परेको हो । मोटरसाईमल चालक फरार भएको प्रहरी उपरीक्षक खनियाँले जानकारी दिए ।
बरामद भएको ट्याब्लेट र मोटरसाईकल थप कार्बाहीका लािग नेपाल प्रहरीलाई बुझाउने तयारी भईरहेको सशस्त्र प्रहरीले जनाएका छन् ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।