मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

सशस्त्र प्रहरीद्धारा पर्साबाट गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ

शेयर००

रबिन्द्र प्रजापति, फागुन २२ गते रौतहट ।
सशस्त्र प्रहरीले पर्साबाट ५ किलो अवैध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । बी.आर.०६ यू.५८७३ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारत तर्फ लैजाँदै गरेको अवस्थामा पाँच किलो गाँजासहित दुबैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख ९डिआइजी० गणेश ठाडा मगरले जानकारी दिए । प्रहरीका अनुसार दुबैजनाको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ पनि बरामद भएको छ ।
पक्राउ पर्नेमा भारत जिल्ला पश्चिम चम्पारण सोनखर पञ्चायत १३ रामनगर बस्ने वर्ष २९ का संदिप पटेल र वर्ष २५ का प्रेम पटेल रहेका छन् ।
शनिबार राति साढे ८ बजेको समयमा पर्सा ठोरी गाउँपालिका ३ सिकारीबास स्थित नेपाल भारत सीमा क्षेत्रबाट दुबैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
आवश्यक कारबाहीको लागि दुैबैजनालाई इलाका प्रहरी कार्यालय ठोरीलाई जिम्मा लगाइएको जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।