मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सशस्त्र प्रहरीले पर्साबाट १ सय ५० केजी लागुऔषध गाँजा गरे बरामद

शेयर००

रबिन्द्र प्रजापति, पुस १३ गते रौतहट ।

सशस्त्र प्रहरीले पर्साबाट १ सय ५० केजी लागुऔषध गाँजा सोमबार साँझ बरामद गरेको छ ।

सोमबार साँझ करिब सावा ५ बजे पर्साको पोखरी नगरपालिका वडा नं। ३ बसन्तपुरमा पिकअपसहित गाँजा बरामद गरेको सशस्त्र प्रहरी प्रदेश २ का डिआइजी गणेश ठाडाले बताए ।

स।प्र।बल नेपाल नं। २ छिन्न्मस्ता बाहिनी मुख्यालय बर्दीबास महोत्तरीबाट सशस्त्र प्रहरी बरिष्ठ हबलदार प्रमोद बैठाको ४ जनाको स्क्वाड टोलीले बीरगन्जबाट भिस्वा तर्फ जादै गरेको बा ५ च ६५५३ नंम्वरको पिक अप भ्यानलाई रोकेर चेक जाँच गर्दा गाजाँ बरामद भएको डिआइजी ठाडाले बताए ।

पिकअपलाई रोकर चेक गर्दा गाडी छाडी चालक फरार भएकाले गाँजा र गाडी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरियमा बुझाउने कार्य भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।