मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सामुदायिक शक्ति केन्द्रद्धारा रौतहटका पत्रकारलाई प्रेस ज्याकेट हस्तान्तरण

शेयर००

सागर ठाकुर । रौतहट जेष्ठ ११ गते

रौतहटका पत्रकारहरुलाई मंगलबार १०० थान प्रेस ज्याकेट सहयोग गरेको छ । सामुदायिक शक्ति केन्द्रका अध्यक्ष मिथिलेश झाले मंगलबार पत्रकार महसंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झालाई प्रेस ज्याकेट हस्तान्तरण गरेको हो ।

कोरोना संकटको यो परिस्थितीमा पत्रकारहरुलाई सहज रुपमा सुचना संकलन गर्न जाने क्रममा सहज वातावरण निर्माणका लागी ज्याकेट हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष झाले बताउनु भयो ।

रौतहटमा रहेका सक्रिय पत्रकारहरु सुचना संकलन गर्न जाने क्रममा प्रेस ज्याकेट लगाउदा पत्रकारहरुलाई सहज हुने गरेकाले ज्याकेट सहयोग गरेकोमा सामुदायिक शक्ति केन्द्रका अध्यक्ष मिथिलेश झालाई पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले आभार प्रकट गर्नु भएको छ केन्दबाट प्राप्त सो प्रेस ज्याकेट रौतहट जिल्लाभरी रहेका सम्पुर्ण पत्रकारहरुलाई हस्तान्तरण्त गर्ने झाले बताउनु भयो ।   

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।