मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

सीताराम विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन

शेयर००

रबिन्द्र प्रजापति,मंसिर ०७ गते रौतहट । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
सात दिनसम्म मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको छ । आजको दिन जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाउने गरिन्छ । दिउँसो सो कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।
दोश्रो दिन भोलि बिहीबार फूलबारी लीला, शुक्रबार धनुष यज्ञ, चौथो दिन मंसिर १० गते तीलकोत्सव, मंसिर ११ गते मटकोर र मंसिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी जन्तीको विदाई गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत समापन हुने उनले बताए ।
यसपटक विवाहपञ्चमी महोत्सवमा भारत उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवम् अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी हुने कार्यक्रम रहेको छ । प्रमुख अतिथिको रुपमा उनी मंसिर ११ र १२ गते सहभागी हुने कार्यक्रम रहेकाले विशेष रुपले विवाहपञ्चमी मनाइने सह महन्त दासले बताए । सभार टुडेपाटी

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।