मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

स्काभेटरमा आगजनी गर्ने गुजाराका २८ बर्षिय रुस्तम लहेरि पक्राउ

शेयर००

एक बर्ष अघि रोकी राखेको स्काभेटरमा आगजनी गर्ने रौतहटका २८ बर्षिय रुस्तम लहेरिलाई प्रहरिले पक्राउ गरेको छ ।

२०७६ सालको बैशाखमा गुजारा नगरपालीका ६ स्थित खतवयीया टोलमा सिँचाईं प्रयोजनका लागी रोकि राखेको स्काभेटरमा राती पौने १२ बजेतिर सोहि स्थानका लहेरिले आगजनी गरेका थिए । आपराधिक उपद्रव सम्बन्धि कसुरमा फरार रहेका प्रतिवादि लहेरिलाई प्रहरिले मंगलवार मध्यान्ह गाउँबाटै पक्राउ गरेको हो ।

दोलखाको मेलुंग गाउँपालीका ७ बस्ने सुमन खड्काले वादी नेपाल सरकार र प्रतिवादि लहेरि बिरुद्ध जाहेरि दिएका थिए । पक्राउ परेका लहेरिलाई मंगलवार नै जिल्ला अदालतमा पेस गरिएको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।