मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित दुईजना पक्राउ

शेयर००

स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित दुईजनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगबलबार बिहान साँढे ७ बजे मलंगवा नगरपालिका ४ का ३५ वर्षीय विसुन्द्र प्रसाद चौधरी र ४० वर्षीय नागेन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा दुबैजनालाई स्रोत नखुलेको रकम सहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिए ।

भारतको सोनबर्षाबाट नेपालतर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाईकल रोकेर चेकजाँच गर्दा पछाडी बसेका ठाकुरको कम्मरमा बाँधेको खैरो कपडा सिलाई पैसा राख्ने बनाएको पटुका भित्र १५ लाख ५० रुपैया नेपाली तथा चालक चौधरीको साथबाट भारतिया रुपैया दुई हजार ६४० भारु नोट बरामद् भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।