मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबार
१३ मंसिर २०८३, आइतबार

स्वतन्त्र बाट उम्मेदवारी दिएका, नेता जयसवालको चुनाव चिन्ह माछा, पूर्व मन्त्री साहको चुनाव चिन्ह ‘चापाकल

शेयर००

रबिन्द्र प्रजापति, असोज २६ गते रौतहट ।
रौतहटको क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र बाट उम्मेदवारी दिएका नेता ओम प्रकाश जयसवालले चुनाव चिन्ह माछा पाएका छन्।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार ओम प्रकाश जयशवाल लाई जिर्वाचनआयोगले हिज बुधवार चुनाव चिन्ह माछा छाप पाएका छन् ।
निर्वाचन कार्यालय रौतहटले स्वतन्त्र उमेद्वारहरु लाई आज निर्वाचन चिन्ह प्रदान गरेको छ। आयोगले क्षेत्र नं ३ का संघीय सांसद पदका स्वतन्त्र उम्मेद्वार ओम प्रकाशलाई माछा छाप चुनाव चिन्ह प्रदान गरेको छ।
चुनाव चिन्ह माछा छाप पाएसँगै जैश्वलले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा माछा छाप मा मोहर लगाई प्रतिनिधि सभा सदस्य मा भारी बहुमतले निर्वाचित गराउन सबैलाई जयसवालले आग्रह गरेका छन् ।
‘त्यस्तै, रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मन्त्री प्रभु साहले ‘चापाकल’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार साहलाई चुनाव चिन्ह चापाकल प्रदान गरेको हो । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा०सँग गठबन्धन गरेको भन्दै स्थायी कमिटी सदस्य समेत रहेका साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को टिकट पाएका साहले एमाले अपवित्र भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।