मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

स्वर्गीय रामा यादव स्मृती पत्रकारिता पुरस्कारको घोषणा

शेयर००

नेपाल पत्रकार महासंघ रौतहटका पुर्व उपाध्यक्ष तथा रेड टिभिका संचालक जय प्रकाश यालवले दिवंगत आफ्नी श्रीमती रामा यादबको स्मृतीमा हरेक बर्ष एकजना संचारकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेकाछन् ।

187650016_1193467041168169_6070366208115130895_n

आफनो श्रीमति रामा देबिको स्पूतीमा हरेक वर्ष एकजना संचारकर्मीलाई पुरस्कृत गर्ने गरी २६ हजार एक रुपैया राशिको रामा यादव स्मृती पत्रकारिता पुरस्करको घोषणा गरेका हुन । श्रीमतीको १३ औं पुन्य तिथिको अवसरमा घोषणा गरिएको उक्त पत्रकारिता पुरस्कारको सार्वजनिकीकरण नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व उपाध्यक्ष समेत रहेका यादवले भावभुक्ताका साथ आफनो समाजिक संजालमा मार्फत घोषणा गर्दै जानकारी गराएका हुन् ।

स्वास्थ्यमा समान्य समस्या भई ४ दिन अगाडी देखि घर मै औषधी लिई रहेकी स्वर्गीय रामा यादवलाई एकासि श्वासमा समस्या भई बेहोस भई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल लगे देखि इमरजेन्सी वार्डमा अक्सीजन लगायतका आवश्यक औषधी चलि रहैकै बेला उनको देहावसान भएको थियो ।

स्वास्थ्य उपचारका लागि लगे पछि गरिएको परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट उनी अल्प आयु मै संसारलाई छाडिन् श्रीमती यादवको बैशाख २८ गते गौर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।