मुख्य सामग्रीमा जानुहोस्
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

१२ किलो गाँजासहित एक महिला पक्राउ

शेयर००

बाराको जीतपुरबाट प्रहरीले १२ किलो गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले जीतपुरको टेडा रोडबाट १२ किलो गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा जिराभवानीपुर गाउँपालिका वडा नं।४ बस्ने ५० वर्षकी मिना देवी रहेकी छिन् ।

162761929_495887794915107_3871641872720276683_n

जितपुरसिमरा उपमहानगरपालिका वडा नं।७ जीतपुर, टेढा रोडमा प्लास्टिकको जेब्रा झोलाभित्र गाँजा लुकाई पटेर्वा सुगौलीतर्फ जान अटो कुरी रहेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेकी मिना देवीलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिन लगइन अनिवार्य छ। लेखेको मेटिँदैन।